June 10, 2020
बुटवल । भारतबाट नेपाल र्फकदै गरेका एक नेपालीको मृत्यु भएको छ ।
भारतको मुम्बईबाट मजदुरी गरी घर आउँदै गरेका एक नेपालीको सुनौलीमा मृत्यु भएको हो । मृत्यु हुने नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका ९ साविकको कुडिया गाविस– ७० का ३५ वर्षका पुरुष रहेका छन् ।
तीन दिनअघि भारतको मुम्बईबाट पाल्पाका तीन जना साथीसहित बसमार्फत आएका उनी मंगलबार राति ४ बजेतिर सुनौली आइपुगेको स्रोतले जनाएको छ ।
बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक इश्वरी अधिकारीका अनुसार सुनौली बजारमा बसेका उनले बिहान एक्कासी वान्ता गरेका थिए । वान्ता गरेपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । ‘नवलपरासी कुडिया ७ ठेगाना भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो,’ अधिकारीले भने, ‘अरु कुरा बुझ्दै छौं ।’ उनको मृत्युको कारण खुल्न सकेको छैन थप अनुसन्धान भइरहेको छ उनले भने ।
प्रकाशित मिति:June 10, 2020
November 24, 2024