कुवेतबाट आममाफिमा सहभागी नेपाली लिएर आज आउने जहाज भोलीमात्र आउने

  Sampatti News

June 10, 2020

काठमाण्डौ । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई बुधवार ल्याउने भनिएपनि उडान बिहीबार मात्रै हुने भएको छ ।
बुधवार आउने भनेको जजिरा एअरलाइन्सले त्यहाँ आममाफीमा सहभागी नेपालीलाई लिएर बिहीबार नेपाल आउन उडान तालिका निश्चित गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
प्रवक्ता क्षेत्रीका अनुसार बिहीबार बिहान ११ बजेर ३० मिनेमा एउटा र १२ बजेर ३० मिनेटमा अर्को जहाज नेपाल आइपुग्नेछन् ।
कोभिड १९ क्राइसिः म्यानेजमेण्ट कमिटी सीसीएमसीले मंगलबार कुवेतमा आममाफीमा सहभागी भएका तीनसय जना नेपाली महिलालाई ल्याउन अनुमति दिएको थियो । तर मंगलबार साँझ कुवेतमा रहेको नेपाली दूतावासलाई एउटा मात्र उडान बुधबार हुने भनेर जानकारी गराइएको थियो ।

कुवेतले भिसा नवीकरण नगरेका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा जरिवानामा परेका नेपालीसहित विभिन्न देशका विदेशी नागरिकलाई आममाफी दिएको छ ।
कुवेत सरकारले उनीहरुलाई आफ्नो जहाजमार्फत निःशुल्क ल्याइदिने दूतावासले जनाएको छ । कुवेत यसअघि नै नेपालीलाई ल्यादिन तयार भए पनि नेपालले अनुमति दिएको थिएन ।

कुवेतका लागि नेपाली राजदूत दुर्गा भणडरीका अनुसार कुवेतमा आममाफीमा सहभागी भएका र डिपोर्टटेसन सेन्टरमा रहेका २९९१ जनालाई अहिले कुवेतले नै नेपाल पठाइदिने छ । नेपालले अनुमति दिएमा कुवेतले दिनमा तीनभन्दा बढी उडान समेत पठाउँन सक्ने उहाँले बताउनुभयो । कुवेत सरकाले नै आममाफीमा सहभागीलाई खाद्यान्न लगायतको व्यवस्था गरेको छ । यसरी उनीहरु अब नेपाल आउन पाउने भएका छन् ।

प्रकाशित मिति:June 10, 2020