June 10, 2020
काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नक्सा नेपालको निशाना छापमा समेट्न संसदमा दर्ता भएको विधेयकमाथि पुनःसंशोधन दर्ता भएको छ ।
जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले सोही संशोधन विरुद्धमा संशोधन दर्ता गराएकी हुन् ।
सांसद गिरीले सरकारले लिपुलेब लिम्पिया धुरा सहितको नयाँ नक्सा बनाउँदा स्रोत र प्रमाण नखुलाएकाले दाबी गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । सरकारले संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची ३ मा राखिएको निशाना छाप परिवर्तन गर्ने प्रस्तावसहितको संशोधन संसदमा दर्ता गराएको छ ।
सांसद गिरीले उक्त संशोधनमाथि संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी हुन् ।
प्रकाशित मिति:June 10, 2020
November 24, 2024
November 23, 2024