पाटन अस्पतालमा मेसिन चोरीमा संलग्न दुई चिकित्सक पक्राउ

  Sampatti News

June 11, 2020


काठमाडौं । चोरीमा संलग्न भएको अभियोगमा दुई जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

जावलाखेलको चोरीमा संलग्न रहेको अभियोगमा सर्लाही घर भएका एमबीबीएस डाक्टर प्रविण मिश्र र महोत्तरी घर भएका अहेब रमेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पक्राउ परेका दुवै जनामाथि चोरी सम्बन्धी कसूरमा म्याद थपेर विस्तृत अनुसन्धान थालिने बताउन भयो ।


पाटन अस्पतालको पोटेबल अल्ट्रासाउण्ड मेसिन १७ जेठमा हराएको सूचना थियो । सोही दिन बिहान साढे ८ बजे अल्ट्रासाउण्ड सर्भिसिङ कम्पनीबाट भन्दै दुवै जना अस्पतालमा छिरेका थिए ।
अस्पतालका नर्सले बताएको हुलियाका आधारमा प्रहरीले खोजि गर्दै जाँदा उनीहरुलाई पक्रिएको हो ।
बाँकि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:June 11, 2020