बन्दीपुरमा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु

  Sampatti News

June 11, 2020


तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका—६ साराङघाटमा बुधबार राति ट्याक्टर पल्टिँदा एकको जनाको मृत्यु भएको छ ।

बालुवा, ढुङ्गा लोड गर्ने क्रममा एक्कासी ट्याक्टर पल्टिजा सोहि ट्याक्टरमा काम गर्ने एक जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय पञ्चराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति:June 11, 2020