कुवेतबाट थप १ सय ५० नेपाली आउँदै

  Sampatti News

June 12, 2020

काठमाडौं । कुवेतबाट आज थप १ सय ५० नेपाली आउन लागेका छन् । कुवेतमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने क्रममा आज थप १५० जना नेपाली आज र्फकदै छन् ।

सरकारले बुधवारबाट कुवेतमा रहेका नेपालीहरुलाई स्वदेश र्फकाउन थालेको हो । बिहीबार मात्रै ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएको थियो । सरकारले प्राथमिकताका आधारमा छनोट गरेर शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको हो ।


स्रोतका अनुसार कुवेतबाट नेपाली बोकेर विमान उडिसकेको छ,११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने छ । ।

विमानस्थलबाट साझा यातायातको बसमा राखेर उनीहरुलाई उपत्यकामा तयार गरिएको होल्डिङ सेन्टरमा लगिनेछ । बिहीबार ल्याइएका ५३१ जनामध्ये दुई जना गर्भवती महिला छन् ।
उनीहरुमध्ये सम्बन्धित प्रदेशमा जान नसक्ने ४९ जनालाई छहारी होममा राखिएको छ भने १० जनालाई कोहिनुर होटलमा राखिएको छ । कोहिनुरको व्यवस्थापन स्वरोजगार महिला संघले गरेको हो ।

प्रकाशित मिति:June 12, 2020