बाग्लुङमा बन्दुकसहित ६ जना पक्राउ

  Sampatti News

June 12, 2020

बाग्लुङ । बाग्लुङमा पाँच थान भरुवा बन्दुकसहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले पाँच थान भरुवा बन्दुकसहित छ जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।


प्रहरीले ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ वर्षीय चित्रराज कँडेल, ३६ वर्षीय थमबहादुर घर्ती, ३७ वर्षीय होमबहादुर रोका र २९ वर्षीय खिमानन्द कँडेलको साथबाट चार थान र सोही ठाउँका ४२ वर्षीय टङ्कबहादुर रोकाको साथबाट एक थान भरुवा फेला पारेको हो ।


प्रहरीले स्थानीयको रोहवरमा उनीहरुको घर खानतलासी गरेको थियो । पक्राउ परेका छ जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति:June 12, 2020