June 12, 2020
काठमाडौँ । गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शुक्रबार बिहान प्रेस विज्ञप्ति निकाल्दै स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र नवलपुरमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ ।
स्याङ्जाको गल्याङ नगरपाालिकाका ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५, ४५, २५, २०, ३१, २५, २०, २०, २४ र ३५ वर्ष उमेरका १८ जना, वालिङ नगरपालिकाका ३३ र ३५ वर्ष तथा अर्जुन चौपारी गाउँपालिकाका तीन वर्षका एक र अर्को चार वर्षका एक बालकमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथामका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा.विनोदविन्दु शर्माका जानकारी गराउनुभयो ।
त्यसैगरी, संक्रमित हुनेमा पर्वतको कुस्मा नगरपालिका–१० मध्ये १९, २३, २९, ३७, ४५, २८, २० र २८ वर्षीय पुरुष छन् । अर्का एक जनाको उमेर खुलेको छैन। ३५ वर्षका एक पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य सङ्क्रमित पैँयु गाउँपालिकाका २० र विहादी गाउँपालिका ३५ वर्षका रहेका छन् ।
तनहुँको घिरिङ गाउँपालिकाको १९ वर्षका र नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए। सङ्क्रमितलाई सम्बन्धित जिल्लाको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ । हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन् । यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या १८८ पुगेको छ ।
प्रकाशित मिति:June 12, 2020