उपचाररत बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेजमा बिरामीका आफन्तले गरे तोडफोड

Nepal Cover
३० जेष्ठ २०७७, शुक्रबार
image

चितवन । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका एक किशोरका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोफोड गरेका छन्। तर डक्टरले भने शल्याक्रिया भईरहेको बताए ।
उनीहरुले अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो । उहाँले तोडफोड गर्ने तीन जनालाई पक्राउ गरेको बताउनुभयो ।

उनीहरुले ढुङ्गा प्रहार गर्दा सघन उपचारकक्षको बाहिरको सिसा फुटेको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार भरतपुर महानगरपालिका–२२ पदमपोखरीका १७ वर्षीय युवक आशिष सुनारको एपेन्डीसाइडको शल्यक्रियापछि उपचार भइरहेको छ ।
कलेजका अध्यक्ष प्रा.डा.हरिशचन्द्र न्यौपानेले अनुसार ती युवकको जटिल प्रकृतिको एपेण्डिक्स भएको बताउनु भयो ।

डक्टर न्यौपानेले हाल उनको सघन उपचारकक्षमा उपचार भइरहे पनि बुझ्दै नबुझी मृत्यु भएको भनेर आफन्तले अस्पतालमा तोडफोड गरेको उनले बताए। उनले आफन्तिले कोही कसैको लहैलहैमा लागेर यस्तो गरेको हुन सक्ने बताएका छन् ।