गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमणः संक्रमितको संख्या१ सय ९१

  Sampatti News

June 12, 2020

नवलपरासी गण्डकी प्रदेशमा शुक्रबार दोस्रोपटक थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नवलपरासी जिल्ला हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाईनमा रहेका १८, ३२, ५८ र ५९ वर्षीय चारजना पुरुषमा कोरोना संक्रमण भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी गराउनुभएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

प्रकाशित मिति:June 12, 2020