आज थप ४ सय ४८ जनामा संक्रमण पुष्टि

  Sampatti News

June 12, 2020

काठमाडौं, । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४४८ जनामा संक्रमण पुष्टि भएको बताए ।
योसँगै कुल संक्रमितको संख्या पाँच हजार ६२ पुगेको हो ।

हालसम्म देशभरका विभिन्न अस्पतालबाट ८७७ जना कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएका छन् भने, क्रमितमध्ये हालसम्म १६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति:June 12, 2020