बुटवलबाट पाल्पा जाँदै गरेको ट्याक्सी पल्टँदा गुल्मीका चालक गम्भिर घाईते

  Sampatti News

June 12, 2020

बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ट्याक्सी पाल्पाको माथिल्लो सिद्धबाबास्थित सडकबाट तिनाउ खोलामा खसेको छ ।

लु१ज ४०९३ नम्बरको ट्याक्सी शुक्रबार दिउँसो करिब तीन बजे सडकबाट करिब दुई सय मिटर तल खसेको हो । ट्याक्सिमा सभार अर्थात चालक गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकाश अर्याल गम्भीर घाइते हुनुभएको छ ।

गम्भीर घाइते अर्याललाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ट्याक्सीमा एकजना मात्र सवार रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:June 12, 2020