सरकारले दियो निर्देशनः सुरक्षाकर्मीहरु आन्दोलनकारीप्रति कठोर बन्दै

  Sampatti News

June 12, 2020

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सरकारले प्रर्दशन तथा आन्दोलनका कार्यक्रमहरु निषेध गर्ने भएको छ ।

शुक्रबार गृहमन्त्रालयले प्रर्दशनको विषयलाई गम्भिर रुपमा लिँदै बैठक बसेको थियो । गृहमन्त्रालयको बैठक लगत्तै काठमाडौँ जिल्ला प्रशासनको बैठक बसेको थियो । सोही बैठकबाट प्रर्दशनलाई निषेध गर्ने निर्णय गरेको हो ।


कोरोना संक्रमणको अवस्थामा केहिदिनयता देखि काठमाडौँ माइतिघर मण्डला लगायतका विभिन्न जिल्ला तथा स्थानमा हुँदै आईरहेको प्रर्दशनप्रति गृहमन्त्रालय तथा काठमाडौँ जिल्ला प्रशासनले आपत्ति जनाएको छ ।
यसरी पर्दशन गर्ने र प्रर्दशनमा संलग्न रहने हो भने कोरोनाले भोलीका दिनमा देशको स्थिती भयावह हुने निश्चित रहेको भन्दै हरेका किसिमका प्रर्दशन कार्यक्रम बन्देज गर्ने निर्णय भएको मन्त्रालय स्रोतले जनाएको छ ।


सरकारमा जिम्मेवारी र आन्दोलनकारीमा संयमता नभए कोरोनाले देश भयावह हुने निश्चित नै रहेको छ ।


भारतको महाराष्ट्रमा डेढ महिना पहिले हजारौं मजदुरले प्रदर्शन गरेका थिए । अहिलेको अवस्था हेर्दा महाराष्ट्रमा संक्रमितको संख्या ९७६४८ पुगेको छ भने ३५९० जनाको मृत्यु भएको छ । जबकी चीनमा संक्रमितको संख्या ८३०५७ छ । महाराष्ट्रमा हिजोमात्र ३२५४ जना संक्रमित भए भने १४९ जनाको मृत्यु भयो ।


स्पेनमा भएको प्रदर्शनमा सहभागी धेरै संक्रमित भएको र त्यसको केहीहप्तापछि आफन्तले शब हेर्न समेत नपाएको अवस्था आएको थियो ।
त्यस्तै ब्राजिलमा भएको प्रदर्शनको कारण हजारौं संक्रमित भएका थिए । जसका कारण ब्राजिलले संक्रमितको संख्यामा अहिले अमेरिकालाई पछ्याइरहेको छ ।
जुलुसमा सामाजिक दुरी कायम, मास्कको सहि प्रयोग तथा हात धुने र स्यानिटाईजर प्रयोग गर्ने जस्ता क्रियाकलापहरुम जति नै सजग रहन्छु भनेपनि नसकिने कुराहरु हो । भिडमा अपरिचितको भीडमा अपरिचित व्यत्तिहरु हुन्छन् जसले गर्दा आफु सुरक्षित छु भनेर भन्न र रहन सक्ने स्थिती नहुन पनि सक्छ ।
साथै बिरोध प्रदर्शनमा चिच्याउने, नारा लगाउने, सिठी फुक्ने, खोक्ने आदि गर्दा संक्रमितको मुखबाट कोरोना भाइरसको लोड धेरै निस्किने र धेरैजना एकैपटक संक्रमित हुने सम्भावना पनि हुन्छ ।

प्रकाशित मिति:June 12, 2020