आज नेकपा सचिवालय बैठक बस्दै, एमसिसीबारे छलफल

  Sampatti News

June 14, 2020

काठमाडौँ । अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे छलफल गर्न आज अपरान्न ४ बजे केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले एजेण्डाका विषयमा औपचारिक जानकारी नभए पनि एमसिसीकै बारेमा छलफल गर्ने सम्भावना रहेको बताए । बैठकमा नेकपाद्वारा गठित कार्यदल सदस्यहरु परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, स्थायी समिति सदस्य भीमबहादुर रावल र अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि बोलाइएको पवक्ता श्रेष्ठले बताए ।


यसअघि २७ जेठमा बोलाइएको बैठक स्थगित भएको थियो । संसदमा बजेट र संविधान संशोधनसम्बन्धि एजेण्डा पारित गर्नुपर्ने भएकाले कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो ।
नेकपाभित्र एमसिसी यथास्थितिमै पारित गर्ने कि संशोधनसहित पारित गर्ने भन्ने विषयमा लामो समयदेखिको विवाद टुंगिएको छैन । तर, सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसदबाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति:June 14, 2020