असार १ गते देखि श्रव्यदृश्य माध्यमबाट पठनपाठन सञ्चालन हुँदै

Nepal Cover
३२ जेष्ठ २०७७, आईतवार
image

काठमाडौँ । कोरोनाभाइरसका कारण रोकिएको पठनपाठन लाई सरकारले असार १ गतेदेखि श्रव्यदृश्य माध्यमबाट सञ्चालन गर्ने भएको छ ।

कक्षा दश सम्मका विधार्थिलाई ध्यानमा राखि टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु मार्फत पढाइ सञ्चालन गर्न लागिएको हो ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रले टेलिभिजनमा पढाइ हुने कक्षा र विषय अनुसारका समय तालिका सार्वजनिक गरेको छ । जस अनुसार, पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत पाठहरुको श्रव्यदृश्य सामग्री १ असारदेखि ३१ असारसम्म विभिन्न माध्याममा प्रशारण हुनेछ ।

तालिका अनुसार कक्षा १ देखि ८ सम्मका श्रव्यदृश्य पाठहरु एनटिभी प्लस च्यानलबाट प्रशारण हुनेछ। यस्तै, कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कूल एजुकेसन च्यानलबाट प्रसारण हुनेछन्।

महामारीका कारण विद्यालयहरु तत्काल खुल्ने अवस्था नभएकाले ुवैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ु अनुसार सामग्री तयार पारेर प्रशारण गर्ने व्यवस्था मिलाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।