लकडाउन अवधिमा औषधिमात्रै ६ अर्बको आयात

  Sampatti News

June 18, 2020

काठमाडौँ । लकडाउन अवधिमा औषधिमात्रै रु ६ अर्बको आयात भएको छ ।

गत चैत ११ गतेदेखि लकडाउन सुरु भएको हो । सोही अवधिमा नै रु ६ अर्ब बराबरको औषधि आयात भएको स्रोतले जनाएको हो ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा रु पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको जनाएको छ ।


सो अवधिमा रु ४ अर्ब ५७ करोड २९ ला ९३ हजार बराबरको तयारी औषधि र १ एक अर्ब ३३ करोड ६६ लाख १७ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।

प्रकाशित मिति:June 18, 2020