ज्वरो मात्र नापेर कतारबाट नेपाली ल्याउँदै

  Sampatti News

June 18, 2020

काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले असार ६ मा नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स ८ र १० गते कतारबाट नेपाल उडान हुने जानकारी गराएको छ ।
कोरोनाको महामारीपछि कतारबाट नेपाल फर्कनेहरुका लागि दोस्रो चरणको उडान तालिका सार्वजनिक भएको छ ।
साही ६, ८ र १० गते हुने ३ वटा उडानका लागि सम्भावित यात्रुहरुको सूची कतार सरकारको सम्बन्धित निकायबाट स्वीकृत भइसकेको विज्ञप्तिमा जनाइएको छ । चार्टर फ्लाइटको हवाई भाडा अमेरिकी डलर ३९२ तोकिएको छ ।
कतारमा हाल निजी स्वास्थ्य संस्थाहरुलाई कोराना परीक्षण गर्ने अनुमति नभएकाले दोहा–काठमाडौं यात्रा गर्ने क्रममा कोरोना संक्रमण नभएको प्रमाणपत्र साथमा राख्न सम्भव नभएको सन्दर्भमा विमानस्थलमा ज्वरो मापन गरिने साथै “भ्जतभचबश मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने भएकाले अनिवार्य रुपमा उक्त एप सञ्चालनमा ल्याउन कतारमा रहेका नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।
२० जुनको नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत यात्रा गर्ने सम्भावित १७४ यात्रुहरु रहेको जनाएको छ ।
२२ जुनको हिमालयन एयरलाइन्समा यात्रा गर्ने सम्भावित १७४ यात्रुहरु र २४ जुनको हिमालयन एयरलाइन्समा यात्रा गर्ने १७३ जना सम्भावित यात्रुहरु रहेका छन् ।

सुचिकृत तालिकामा सम्भावित १८४ यात्रुरुहरुको नामावली दूतावासले सार्वजनिक गरेपनि नेपाल एयरलाइन्सको अर्काे उडान मिति तय भएको छैन ।
उक्त सूचीमा परेका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट क्लियरेन्स प्राप्त भएपछि मात्र उडान गर्न पाउने दूतावासले विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति:June 18, 2020