लुम्बिनी प्रदेशले विभिन्न पदका विज्ञापन खुलाए

Nepal Cover
२९ कार्तिक २०७९, मंगलवार
image

काठमाडौँ । प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा ७७ जनाको लागि विज्ञापन खुलाएको छ ।

आयोगले सहायक स्तर चौथो तहका न्याय,कानुन, प्रशासन, लेखा, सामान्य प्रशासन समूहका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

कर्मचारी समायोजन ऐन ०७५ को दफा १२ को व्यवस्था बमोजिम स्थानीय तहमा रिक्त रहेको पदहरूको पदपूर्तिका लागि स्थानीय सरकारी सेवा अन्तरगत रहेका विभिन्न सेवा समूहको आप्राविधिक पदहरूको पदपूर्ति गर्न लागिएको हुँदा इच्छुक आवेदकले आगामी मंसिर १५ सम्म (सामान्य दस्तुर) र २३ गतेसम्म (दोब्बर) दस्तुर तिरेर आवेदन दिन सकिने सूचनामा जनाइएको छ ।

सूचना :