पछिल्लो २४ घण्टामा २ सय १६ जना डिस्चार्ज थप ४ सय २६ जनामा संक्रमण

  Sampatti News

June 19, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ ।

शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

त्यस्तै शुक्रबार २१६ जना देशभरिका विभिन्न आइसोलेशनबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति:June 19, 2020