नेप्सेको ओरालो यात्राले आज पनि जारी

  Sampatti News Online

December 15, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन १४. ४८ अंकले घटेर एक हजार ८ सय ८२ दशमलब ६० विन्दुमा बन्द भएको हो । 

आज नेप्सेमा एक अर्ब १९ करोड २६ लाख रुपैयाँ बराबरको करोबार भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये २८ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १६७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रुरु जलविद्युत कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८१७.१० रुपैयाँ पुगेको छ । इस्र्टन हाइड्रो पावर कम्पनीको ९.९७ प्रतिशतले बढेर २ सय ६१ दशमलब ३० रहेको छ भने माउन्टेन्ड हाइड्रोको ७ दशमबल ६१ प्रतिशतले बढेर सात सय ६३ दशमलब ६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज पिपुल्स हाइड्रो र नविल ब्यालेन्स फण्ड २ को शेयरमूल्यमा गिरावट भएको छ । पिपुल्स हाइड्रोको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको छ भने नविल ब्यालेन्स फण्ड २ को सात दशमलब २३ प्रतिशत घटेको छ ।  त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्श बैंकको संस्थापक शेयरको भएको छ । यसको आज २२ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:December 15, 2022