क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु: पिसिआर रिपोर्ट आउन बाँकी

  Sampatti News

June 21, 2020

काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिका–५ भर्रेनीका ३५ वर्षीय युवकको मृत्यु भएको छ । उनी क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए

भारतको सिम्लाबाट २९ जेठमा घर फर्किएका उनी भेरीगंगा नगरपालिकाको शारदा माध्यमिक विद्यालय छिन्चुको क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन ।

१४ दिन क्वारेन्टाइनमा बसेका उनलाई आरडिटी टेस्ट गर्दा कोरोना नेगेटिभ देखाएकाले घर पठाइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजेश बुढाले बताए । ‘पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली आइपुगेको छ’ उनले भने ।

स्वास्थ्य शाखा प्रमुख बुढाका अनुसार पिसिआर परीक्षणको रिपोर्ट आएपछि मात्र मृतकको दाहसंस्कार

प्रकाशित मिति:June 21, 2020