मंगलबार तनहुँमा मात्रै चार जनाले गरे आत्माहत्या

  Sampatti News

June 24, 2020

तनहुँ । तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी चार जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

त्यसमध्ये एकजना भने क्वारेन्टाईनमा बसेका थिए । जिल्लाको घिरिङ गाउँपालिकाकामा क्वारेन्टाईनमा बसेका ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई मंगलबार आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए ।


शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु”, उनले भने, “घटनाको जानकारी पाएलगत्तै यहाँबाट एक प्रहरी टोली पठाइएको छ । सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेका छन् ।”
साथै जिल्लामा थप तीन जनाले आत्माहत्या गरेका छन् ।

प्रकाशित मिति:June 24, 2020