भूकम्पबाट आधा दर्जन घरहरु भत्किए

Nepal Cover
१० माघ २०७९, मंगलवार
image

सुदूरपश्चिमको बाजुरा जिल्लाको बिच्छ्या केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउसो २ बजेर ४५ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो।

भुकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो भने उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महशुस गरिएको छ। सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञान केन्द्रको भवन हाल शशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भुकम्पले भत्काएको छ ।

त्यसैगी होटल सन्तोष प्लाजाको छतमा बनाएको मन्दिर र जिल्ला भरीका सयौं घरहरू चर्केर बस्न नमिल्ने अवस्थामा छन्।  अन्य क्षतिको विवरण भने संकलन गरीरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ  ।