कार्यालयका प्रमुख लुइँटेललाई कालो मोसो दलियो

  Sampatti News Online

January 26, 2023

 यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेकाे छ ।

घुस लिएर मात्र लाइसेन्स निकालिदिने गरेको र आफ्नो मान्छेलाई लाइसेन्स नदिएको आरोप लगाउँदै लुइँटेललाई कार्यकक्ष भित्र पसेर मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । 

कार्यकक्षमा बसिरहेको बेला आएका नेकपा बहुमतका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ ।

मोसो दलेर दुर्व्यवहार भएको सूचना पाएपछि पुगेको प्रहरीले आरोपित फेला नपारेको र खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए । मोसो दलिएको ठाउँबाट नेकपा बहुमतको पर्चा फेला परेको उनले जानकारी दिए ।

प्रकाशित मिति:January 26, 2023