काठमाडौँ । अद्यावधिक विवरण अनुसार आइतबार नेपालमा थप ४ सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।
योसँग नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १२ हजार सात सय ७२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १ सय ८९ रहेको छ । योसँगै डिस्चार्ज हुने संक्रमितको कुल संख्या तीन हजार १३ पुगेको छ