नेपालले नाका बन्द गर्दा भारतीय बजार ठप्प

Nepal Cover
१४ असार २०७७, आईतवार
image

धनगढी । कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनवसाका व्यापारीको कारोवार ठप्प भएपछि सीमा नाका गड्डाचौकी खोल्न आग्रह गरेको छ ।

प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसाले भारतस्थित नेपाली दुतावासलाई ज्ञापनपत्र पठाउँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेको हो।

नेपालको महेन्द्रनगर लगायत क्षेत्रका व्यापारीबाट वनवसाका व्यापारीको लाखौं रुपैयाँको मालसामान उधारो लिएकाले रकम असुलका लागि व्यापारीलाई सीमा क्षेत्रमा प्रवेश गर्न माग गरेका छन्।

भारतीय सेनाका पूर्वसैनिकहरुलाई सीमा नाकामा बिनारोकतोक पेन्सन बुझ्न वनवसा, खटिमा र टनकपुर जाने आउने व्यवस्था गरिएझै व्यापारीहरुलाई पनि सोही व्यवस्था गर्न माग गरिएको उनले बताए ।

लकडाउनका कारण सीमावर्ती वनवसालगायत क्षेत्रको कारोवार ठप्प रहेको छ । वनवसाको ९५ प्रतिशत व्यापार नेपालमा निर्भर रहेको छ ।