एसइईका विद्यार्थीको नम्बर असार २० भित्रै पठाउनु पर्ने

Nepal Cover
१६ असार २०७७, मंगलवार
image

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) का विद्यार्थीको नम्बर असार २० गतेभित्र पठाइसक्नु पर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोनाले रोकिएको एसइईका विद्यार्थीहरुको नम्बर असार २० गतेभित्र निर्देशन दिएको हो ।

कोरोना भाइरसका कारण परिक्षाको एकदिन अगाडि मात्रै स्थगित भएको एसइईका विद्यार्थीहरुको आन्तरिक मूल्यांकन गरी बोर्डले नम्बर छिटो पठाउन भनेको हो ।

मूल्यांकन नजिता प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट लभद।नयख।लउ मा उपलब्ध रहेको बोर्डले भन्दै कार्यविधिको अनुसूची २ मा भएको समष्टिगत फाराम मात्र प्रयोग गरी विद्यार्थीको अन्तिम मूल्यांकन विवरण तयार गर्न बोर्डले विद्यालयहरूलाई आग्रह गरेको छ ।

कार्यविधि अनुसार विद्यार्थीलाई आन्तरिक तवरबाट मूल्यांकन गरी नम्बर दिन प्रधानाध्यापकको नेतृत्वमा विद्यालयमा तीन सदस्यीय समिति गठन गर्नुपर्छ । उक्त समितिले तयार गरेको प्रमाणित प्राप्ताङ्क तालिका ९मार्क लेजर० असार २० गतेभित्र अनिवार्य रूपमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्ने बोर्डको भनाइ छ ।

विद्यालयहरूबाट प्राप्त भएको प्राप्ताङ्क विवरण र मूल्यांकन समितिबाट प्रमाणित गरी पठाइएका प्राप्ताङ्क, तालिका ९मार्क लेजर० भिडाई प्रयोगात्मक र सैद्धान्तिक अंक भरे÷नभरेको, पूर्णाकं मिले÷नमिलेको लगायत रूजु गरेर जिल्लास्थित समन्वय इकाइलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले आग्रह गरेको छ।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारीका कारण एसइई परीक्षा सम्भव नरहेकोले आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डले साउनमा एसइईको परीक्षाफल प्रकाशित गर्नेगरी आवश्यक तयारी सुरू गरिसकिएको जनाएको छ ।