June 30, 2020
काठमाडौँ । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति कञ्चनपुरबाट एकलौटी रूपमा पत्रकारलाई कारबाहीको सिफारिसप्रति प्रेस काउन्सिल नेपालले खुलाई पठाउन अनुरोध गरेको छ ।
सामाजिक सञ्जालमा आएको विषयप्रति पूर्वाग्रह राख्दै स्पष्टीकरण दिने मौका नै नदिई एकपक्षीय रूपमा महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले आफूमाथि कारवाहीका लागि जारी गरेको पत्रप्रति दुःख व्यक्त गर्दै पत्रकार नवराज धानुकले दिएको निवेदनका आधारमा काउन्सिलले सो विषयमा खुलाई पठाउन आग्रह गरेको हो ।
पत्रकार धानुकले काउन्सिलमा प्रस्तुत गर्नुभएको उजुरी निवेदनमा भनिएको छ । पत्रकारकै संस्था, पत्रकारकै हकहितका लागि आवाज उठाउन छोडी स्वतन्त्ररूपमा पत्रकारिता गर्दै आएको श्रमजीवी पत्रकारको जागिर जाँदासमेत कुनै समन्वय र छलफलबिना एकलौटीरूपमा कारवाहीका लागि गरिएको सिफारिसप्रति आवश्यक छानबिन गर्न अनुरोध गर्दछु । पत्रकार धानुकले आगामी दिनमा त्यस किसिमको गल्ती नदोहोर्याउने र पत्रकारिताको उच्च सम्मान गर्ने प्रतिबद्धता गर्दै महासंघ कञ्चनपुरले खेलेको भूमिकाप्रति थप छानबिन गर्न र आफूलाई न्याय दिन अनुरोधसमेत गरेका छन् ।
काउन्सिलका उपप्रशासकीय अधिकृत तथा आचारसंहिता अनुगमन उपसमिति ९विद्युतीय० का सचिव रामशरण बोहोराले सोमबार पठाउनुभएको पत्रमाउक्त विषयमा के–कसो भएको हो ? खुलाई पठाउन अनुरोध गरिन्छु, भनिएको छ । विगत लामो समयदेखि पत्रकारिताको आचारसंहिता र मापदण्डलाई उच्च सम्मान गर्दै विभिन्न क्षेत्रमा हुँदै आएको भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिका विषयमा बोल्दै आइरहेको बेला परिस्थितिअनुरुप हुन गएको गल्तीका बारेमा सार्वजनिकरूपमा माफी र क्षमायाचना माग्दामाग्दै पनि अतिरञ्जित गर्दै आफूविरुद्ध भएको षड्यन्त्रका कारण थप पीडित हुनुपरेको पत्रकार धानुकको भनाइ छ ।
प्रकाशित मिति:June 30, 2020
March 28, 2025
March 28, 2025