पछिल्लो २४ घण्टामा थप ४ सय बढीमा कोरोना संक्रमण

Nepal Cover
१७ असार २०७७, बुधबार
image

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना पुष्टि भएको छ।

योसँग नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १ हजार ४ सय ६२ रहेको छ। योसँगै डिस्चार्ज हुने संक्रमितको कुल संख्या ४ हजार ६ सय ५६ पुगेको छ।