यूएनको शान्ति मिसनका लागि चार्टर उडान गर्दै नेपाल एयरलाइन्स

  Sampatti News

July 2, 2020

काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन देशमा चार्टर्ड उडान गर्ने भएको छ ।

नेपाली सैनिकलाई संयुक्त राष्ट्र सङ्घ (यूएन) को शान्ति मिसनमा लैजान नेपाल एअरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा गर्ने भएको निगमको अपरेशन विभाग प्रमुख दीपु ज्जहार्चनले जानकारी दिनुभयो ।

निगमको बजार विविधीकरणको योजनाअनुरुप संयुक्त राष्ट्र सङ्घको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मलिकोमिनुसामा नेपाली सेनालाई लैजाने सम्बन्धमा आज निगम र नेपाली सेनाका उच्च अधिकारीबीच सम्झौता भएको हो । सम्झौतानुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी आसार २४ गते अर्थात् जुलाई ८ तारिखमा वाइडबडी जहाजमार्फत अफ्रिकन रिपब्लिक र माली लगिनेछ ।

निगमको वाइडबडी जहाज काठमाण्डौबाट कतारको दोहामा प्राविधिक उडान गर्दै त्यहाँबाट सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्ने जनाइएको छ । त्यही जहाजबाट शान्ति मिसनमा रहेका ती देशबाट सैनिक स्वदेश फर्काइनेछ । नयाँ गन्तव्यको चार्टर्ड उडानलाई कम्पनीले चुनौती र अवसर दुवैरुपमा लिएको अपरेशन प्रमुख ज्युहार्चन बताउनुभयो ।

निगमले जुन १२ तारिख र त्यसपछि हुने दक्षिणी सुडानलगायत गन्तव्यको उडान तालिका छिट्टै निर्धारण हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति:July 2, 2020