जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा आगलगी

  Sampatti News Online

May 2, 2023

सर्लाही  : जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा आगलगी भएको छ । विद्युत सर्ट भई आगलागी हुँदा नागरिकता प्रतिलिपि फाटका कम्प्युटर,प्रिन्टर,स्क्यानरलगायतका विद्युतीय उपकरण जलेर नष्ट भएका छन् ।

मंगलबार  बिहान करिब ५:४० बजेतिर विद्युत सर्ट भइ आगलागी भएको जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाले जनाएको छ ।

आगलागी भई धुवाँमाथि जाँदा ड्युटीमा बसेका सुरक्षाकर्मीले देखेका थिए । तत्कालै सुरक्षाकर्मी आइ आगो निभाउँदा थप क्षति हुन नसकेको हो । छेउमै रहेको बारुण यन्त्र, सुरक्षाकर्मी र कार्यालयका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा आएको हो।

आगो नियन्त्रण गर्ने क्रममा राहदानी शाखाको कम्प्युटरमा समेत क्षति पुगेको छ ।

नागरिकता प्रतिलिपि फाँटका कम्प्युटर,प्रिन्टरलगायतका उपरकण जलेर नष्ट भएपछि अर्को सूचना नहुञ्जेलसम्मका लागि सेवा बन्द गरिएको छ ।

प्रकाशित मिति:May 2, 2023