पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण

Nepal Cover
२० असार २०७७, शनिबार
image

काठमाडौँ । नेपालमा विगत २४ घण्टायता थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

यो सँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको छ। यसै गरी गएको २४ घण्टामा २ सय ३२ जना कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन्। हालसम्म कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ६ हजार ४ सय १५ पुगेको छ।