July 4, 2020
बझाङ । बझाङमा पहिरोमा परि ७ जनाको मृत्यु भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका ८ मल्लेस गाँउमा शुक्रबार राती पहिरो जाँदा १७ घर पुरिएका थिए ।
शनिबार बिहान स्थानीय र सुरक्षाकर्मीले पहिरोमा पुरिएका लास निकालेका हुन् ।
आफ्नै घरभित्र पुरिएको अवस्थामा ४० वर्षीय राममती जेठारा, उनका छोरा ११ वर्षीय प्रयागराज र छोरी ७ वर्षीया अस्मिताको लास निकालेको घटना स्थलबाट प्रहरी असै रायभान सिंह एरीले बताए। उनका अनुसार ८० वर्षका दले जेठाराको पनि लास भेटिएको छ। पहिरोमा पुरिएका अन्य सन्तु जेठारा, गिरीजा जेठारा र लक्ष्मी जेठाराको खोजी कार्य भइरहेको उनले बताए।
यस घटनामा क्षति भएका पीडित परिवारलाई राहात दिनका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रतिनिधिसभा सदस्य आशा विकले बताइन्।
अहिले मृतकलाई निकाल्ने काम भइरहेको छु, प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, अरु क्षतिको विवरण लिन बाँकी छ।
प्रकाशित मिति:July 4, 2020
March 28, 2025
March 28, 2025