November 21, 2018
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि भनेर कतारको राजधानी दोहाबाट करिब २३ किलोमिटर टाढा संसारकै हाईटेक शहर निर्माण गरिदैछ । ४३०० अर्ब खर्च गरेर निर्माण थालिएको यो सहरको नाम लुसैल रहेको छ ।
कतार सरकार र अनेकौं निर्माण व्यवसायी कम्पनीहरू मिलेर निर्माण गरिरहेका यो शरहमा रंगशाला, शपिङ मल, अस्पताल र मानिस बस्ने घर सबै हुनेछन् । विद्युतीय सामग्रीदेखि लिएर ट्राफिक व्यवस्था सबै कम्प्युटराइज्ड हुनेछ । कतारले मरुभूमि र समुद्रमा यो शहर बनाइरहेको छ । । यही शहरमा फूटबल विश्वकपको फाइनल खेल हुने सन् २०१९ सम्ममा यो शहर तयार हुने बताइएको
लुसैल शहर पुग्नका लागि पर्यटकले लाइट ट्रेन, वाटर ट्याक्सी र अन्डरग्राउन्ट प्यासेजको प्रयोग गर्न सक्छन् । वातावरण संरक्षणका लागि सोलर प्यानल पनि ब्यबस्था गरिने छ ।
करीब दुई लाख ५० हजार मानिस बस्ने व्यवस्था गरिन लागिएको यो शहरमा टापु, चिडियाखाना र गल्फ कोर्स समेत रहने छ । यो शहर अडतीस वर्गकिलोमिटरमा फैलिएको छ । एजेन्सी
प्रकाशित मिति:November 21, 2018