विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई पितृशोक

Nepal Cover
२२ असार २०७७, सोमबार
image

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।

घिसिङका बुबा कृपाल सिंह घिसिङको ९६ वर्षको उमेरमा निधन भएको हो। उनको गएराति निधन भएको हो । स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ।

रामेछाप सुनापती गाउँपालिका—४ बेथानी निवासी कृपाल सिंह घिसिङ पछिल्लो समय छोराहरूसँग काठमाडौँमा बस्दै आएका थिए।

घिसिङ टोल सुधार समिति के संरक्षक समेत रहनुभएका घिसिङ ट्वाइलेट जाने क्रममा लडेर घाइते भएपछि उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको हो।

पारिवारिक स्रोतकाअनुसार उनको आज बिहान १० बजेट तामाङ गुम्बाबाट स्यम्भुमा लगेर अन्त्येष्टि गरिएको छ।

“मृतकप्रति हार्दिक श्रदान्जलि व्यक्त गर्दै शोकस्तब्ध परिवादप्रति समवेदना प्रकट गर्दछौँ ।”—
सम्पत्ति न्युज स—परिवार