पछिल्लो केहि समय यता बलिउडबाट चर्चित कलाकारहरु नेपाल आउने क्रम बढ्दो छ। भर्खरै मात्र एक अवार्ड कार्यक्रमका लागि भनेर माला सिन्हा र सिपि लोहनी काठमाडौं आए लगत्तै बलिउडका अर्का चर्चित नायक सुनील सेट्टीपनि काठमाडौं आएका छन् । श्रीमतीका साथ आएका सेट्टी कुनै प्रोग्रामको लागी नभएर नितान्त नेपाल भ्रमणको लागी आएका हुन् ।अहिले उनि काठमाडौंका विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको भ्रमण गरिरहेका छन् । भ्रमणको क्रममा उनले चन्द्रागिरी हिल्सको पनि भ्रमण गरिरहेका छन् ।चन्द्रागिरिमा उनलाई चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गरेका थिए भने शेट्टीले चन्द्रागिरी भ्रमण निकै रमाइलो भएको बताए।