उपत्यकामा आजसम्मकै बढी कोरोना संक्रमित भेटिए

Nepal Cover
२२ असार २०७७, सोमबार
image

काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित भेटिएका छन्। यो उपत्यकामा एकदिनमै भेटिएको आजसम्मकै बढी संक्रमित संख्या हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका २३ जना, ललितपुरका २०, भक्तपुरका १० जनामा कोरोना संक्रमण भेटिएको जानकारी गराए ।

यस्तै त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौँका एक जना गरी पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको छ।