पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News

July 7, 2020

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

संक्रमितमध्ये ७ हजार ५ सय ४७ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ३२ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति:July 7, 2020