हावाबाट पनि कोरोना फैलने, वैज्ञानिकको प्रमाण डब्लुएचओले स्विकार गर्यो

Nepal Cover
२४ असार २०७७, बुधबार
image

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंगलबार कोरोना भाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ। यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्रद्धारा हावाबाट पनि कोरोना फैलने बताउँदै आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो ।

डब्ल्यूएचओले कोरोना महामारीसँग सम्बन्धित टेक्निल लिड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावामार्फत् कोरोना भाइरस फैलने आशंकामाथि छलफल गरिरहेका छौँ ।’ यसबारे विश्व स्वास्थ्य संगठनकी बेनेदेत्ता आल्लेग्रांजीले भाइरस हावाबाट पनि फैलने प्रमाण त भेटिएको छ तर अहिले नै यो किटान गरेर भन्न सकिएको छैन ।

उनले भने, ‘सार्वजनिक स्थानमा, विशेषगरी भीड भाडयुक्त, कम हावा भएको र बन्द कोठामा हावामार्फत् भाइरस फैलने आशंकालाई अस्विकार गर्न सकिँदैन । यद्यपि, यी प्रमाण संकलन गर्न र बुझ्न आवश्यक छ । हामी यो काम जारी राख्नेछौं ।’