July 8, 2020
डोटी । तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो डाटीको सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन्।
आइतवारदेखि आएको भारी वर्षाका कारण गाउँको बस्ती माथिबाट पहिरो आएपछि आठ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । उनका उनुसार ती आठ घरमा ४० सदस्य रहेका छन्।
पहिरोका कारण विस्थापित परिवारका सदस्य पाल टाँगेर बस्न बाध्य छन् । गाउँ माथिबाट पहिरो आएपछि पहिरोमा च्यापिने डरले उनीहरू घरबार नै छाडेर विस्थापित भएको स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए । “गाउँ माथिबाट पहिरो आएपछि आठ परिवारका ४० जना विस्थापित भएका छन्, उनीहरुलाई सुरक्षित बासस्थानका लागि समस्या भएको छ”, उनले भने ।
गाउँमाथिको पूरै जमीन फाटेका कारण सिर्मा गाउँका अन्य ६० भन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा रहेको उनले जानकारी दिए । बर्सेनि बाढी पहिरोका कारण सायल गाउँपालिकामा स्थानीयले अकालमै ज्यान गुमाउने गरेका छन् ।
प्रकाशित मिति:July 8, 2020
April 2, 2025
April 2, 2025