July 8, 2020
काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाइएको छ । विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो ।
मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए।
औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्री वितरकलाई मंगलबार निर्देशन दिइएको बताइएको छ। विभागले उक्त औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।
प्रकाशित मिति:July 8, 2020
November 22, 2024