काठमाडौँ । एएफसी एसियन कप छनोट चरणअन्तर्गत यहि चैत १३ गते नेपाली राष्ट्रिय फुटबलले टोलीले समूहको आफ्नो अन्तिम खेल यमन विरुद्ध खेल्दै छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाए अनुसार प्रशिक्षक ग्योतोकु कोजीले अर्को साता यमनविरुद्धको खेलका लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका छन् ।
समूह चरणमा एक अंकमात्र जोडेको नेपाल अंकतालिकाको पुछारमा रहेको छ । यो खेल नेपालको प्रतिष्ठा लागि मात्रै हुने बताइएको छ ।
यमनविरुद्ध खेल्ने २० सदस्यीय नेपाली टिम यस प्रकार रहेको छ ।
गोलकिपर– किरण चेमजोङ, विशेक कुथु, एलन न्यौपाने
डिफेन्डर– विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर– विशाल राई, रोहित चन्द, हेमन्त थापामर, हेमन गुरुङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, सुनिल बल, सुमन लामा
फरवार्ड– विमल घर्तीमगर, नवयुग श्रेष्ठ, जज्प्रिन्स कार्की
गोलकिपर प्रशिक्षक – उज्ज्वल मानन्धर
फोटो हाम्रो खेलकुदबाट