ग्लोबल आईएमई बैँकका सिईओ क्षेत्रीले दिए राजीनामा

  Sampatti News Online

July 9, 2020

काठमाडौं । ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले पदबाट राजीनामा दिएका छन्। क्षेत्रीले दिएको राजीनामा बैङ्कको सञ्चालक समितिले पनि स्वीकृत गरिसकेको छ।

उनले केही साता पहिले नै पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ । पेन्डिङमा रहेको राजीनामा बोर्डले बिहीबारमात्रै स्वीकृत गरेको बोर्ड स्रोतले जानकारी दिएको छ।

‘सीईओ क्षेत्रीले स्वास्थ्य तथा आफ्नो व्यक्तिगत कारण देखाउँदै केही समय अगाडि नै राजीनामा दिएका थिए ।
उनको राजीनामा स्वीकृत भएसँगै बैङ्कका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति:July 9, 2020