नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोस्रो अभ्यास खेलमा फराकिलो जीत

Nepal Cover
५ मंसिर २०७५, बुधबार
image

विश्व क्रिकेट लिग डिभिजन–२ को प्रशिक्षणका लागि यूएईमा रहेको नेपाली क्रिकेट टोलीले त्यहाको घरेलु टोलि संग खेलेको दोस्रो अभ्यास खेलमा जीत हात पारेको छ ।

पहिले ब्याटिंग गर्न उत्रेको नेपाली टोलीले ५० ओवरमा ५ विकेट गुमाई ३ सय ३३ रन बनाउन सफल भएको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सतकीय पारि खेलेका थिए । उनले १३१ बलमा १५४ रन बनाएका थिए भने दिलीप नाथसँग मिलेर पहिलो विकेटको लागि १ सय ४२ रनको उत्कृष्ट साझेदारी गरेका थिए। ब्याटिंग गर्ने क्रममा दिलीप नाथले ६४, दीपेन्द्रसिंह ऐरीले ३४ , आरिफ शेख ४१ रनको योगदान दिएका थिए।

३ सय ३४ रनको लक्ष्य पाएको युएइ १ सय ४० रनमा अलआउट भएको थियो । युएइको तर्फ बाट सबै भन्दा धेरै महम्मद कसीमले ४४ रन जोड्न सफल भएका थिए भने अन्य ब्याटसम्यानले खासै रन जोड्न सकेनन्। नेपालको तर्फ बाट सन्दिप लामिछानेले ४ विकेट लिएका थिए।

यसअघी भएको पहिलो अभ्यास खेलमा पनि नेपालले जित दर्ता गरेको थियो । युएइ ‘ए’ संग ३ अभ्यास खेल खेल्न युएइ गएको नेपाल अब आफ्नो अन्तिम अभ्यास खेल पछि त्यतै बाट विश्व क्रिकेट लिग डिभिजन–२ खेल्न नामिबिया जानेछ।