पछिल्लो २४ घण्टामा थप १ सय १८ जनामा कोरोना पुष्टि

  Sampatti News

July 10, 2020

काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा विगत २४ घण्टामा थप १ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

योसँगै मंगलवार अपराह्णसम्म देशभरिमा कोरोना पुष्टि भएका संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय २० जना भाइरसमुक्त गएर घर फर्किएका छन्।

गत असार १९ गते सर्वाधिक ७ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। सोमवार विगत पाँच हप्तामा सबैभन्दा कम १ सय १८ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा बोल्दै डा. गौतमले सङ्क्रमित हुने क्रम घटिरहेको बताए।

प्रकाशित मिति:July 10, 2020