आइतबार मात्र ८२ जनामा कोरोना संक्रमण

Nepal Cover
२८ असार २०७७, आईतवार
image

काठमाडौँ । अद्यावधिक विवरणअनुसार पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय एक पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४७ जनाले कोरोना जितेका छन्। योसँगै कोरोना जित्नेको कुल संख्या आठ हजार पाँच सय ८९ पुगेको छ। प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ५१.१ प्रतिशत हो।