कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने प्रचण्डको दावी

Nepal Cover
२८ असार २०७७, आईतवार
image

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने बताएका छन्।

आइतबार चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै दाहालले पार्टी विभाजित हुन नदिइने बताएका हुन् ।

स्थायी कमिटीको बैठक जारी रहेकोले निर्णय नहुँदै धेरै बोल्नु उचित नहुने भन्दै उनले पार्टीका दुई अध्यक्षहरूले गर्न भनेको काम गर्न हतार नगर्न निर्देशन दिए।

‘तपाईं कसैलाई पार्टी विभाजित भइहाल्छ कि भन्ने भयले पछि पो परिन्छ कि भनेर अगाडि जान खोज्नु भयो भने पछुताउनु पर्दछ । किनभने भोलि पार्टी एकताबद्ध हुँदा सहमति गरेर नेताहरु अगाडि बढ्दा किन हतारो गरिएछ भन्ने तपाईंलाई नपरोस्’ दाहालले भने ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीलाई दाहाल लगायतका नेताले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा मागेपछि पार्टीभित्र विवाद उत्कृर्षमा पुगेको बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।