सरिता गिरिद्धारा देश र पार्टी विरुद्ध सर्वाेच्चमा मुद्दा

  Sampatti News

July 12, 2020

काठमाडौँ । कारबाहीमा परी पार्टी र संसदबाट निष्कासित समाजवादी पार्टीकी सांसद सरिता गिरिले पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गरेकी छन् ।

आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको भन्दै सांसद गिरिले सर्वोच्च अदालतमा आइतबार मुद्दा दर्ता गराएकी हुन् ।

आफूलाई कारबाही गर्ने निर्णय अवैधानिक भएकाले त्यसविरुद्ध न्यायका लागि अदालतको ढोका ढकढक्याउनु परेको उनको दाबी छ ।

त्यस्तै उनले संसदीय दलको सिफारिशमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने भन्दै अवैधानिक तरिकाले आफू हटाउनु अन्याय भएको जिकिर गरेकी छन् ।

पार्टी निर्णयविपरित गई लिम्यिाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो ।

सांसद गिरि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समेट्ने प्रक्रियासँग असहमत रहँदै आएकी छन् ।

प्रकाशित मिति:July 12, 2020