घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

  Sampatti News Online

June 21, 2023

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो (मंगलबार) १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ । यस्तैगरी, आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:June 21, 2023