शेयर बजारमा सामान्य अंकको सुधार

  Sampatti News Online

June 22, 2023

काठमाडौं । साताको अन्तिम कारोबार दिन दोस्रो बजारका लगानीकर्ताहरु होटल तथा बीमा कम्पनीहरुमा आकर्षित भएका छन्। यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घट्दा होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक उच्च दरमा बढेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार ४.७५ अंकले बढेर दुई हजार ५५ दशमलब ५३ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको थियो ।  

आज तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ भने १४७ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

आज सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालिञ्चोक दर्शन लिमिटेड, बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

त्यतै कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको यस दिन २९ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्को कारोबार रकम १४ करोड नाघेको छ।

आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज २९ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:June 22, 2023